Rule 12
सवारी उपकरणको परिवर्तन
(१) सवारी धनीले ऐनको दफा ३९ बमोजिम सवारीको रङ्ग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गराउन चाहेमा त्यसरी परिवर्तन गर्न स्वीकृतिको लागि त्यस्तो सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१४ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो सवारीको सम्बन्धमा कार्यालयले सम्बन्धित प्राविधिकबाट आवश्यक जाँचबुझ गराइ दरखास्तवालाको माग बमोजिम सवारीको रङ्ग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही सवारीको रङ्ग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ ।